शिवप्रसाद काफ्ले

अस्पतालको शैयामा छटपटाएर,
सहयोगको याचना गर्दा,
अनुहार देखाएर सहानुभुतिसम्म पाएन

उसले,
न कसैले उसको योगदान सम्झ्यो,
न उसको परिवार सम्झ्यो,
न ती कलिला केटाकेटीको भविष्य सम्झ्यो,
औषधिसम्म राम्ररी खान पाएन

उसले,
न तातोपानी नै खान पायो,
अस्पतालको वेडमा,
मृत्यु सङ्ग लडिरहदा,
छेवैमा दुधे वालक च्यापेर,
टाउकोमा सुमसुमाइरहेकी,
श्रीमती बाहेक कोही थिएनन,
वाच्नुको अर्थ नै भुलिसकेको ऊ
केवल भगवान सम्झिनुबाहेक,
केही थिएन एउटा जिउदो लाससङ्ग,

जब,
अलिअलि फेरिरहेको श्वास बन्द भयो,
शुरु भयो एक अर्को कहानी,
जम्मा हुन थाले मान्छेहरू,
लासलाइ चारैतिरबाट घेरेर,
गाउन थाले गुणगान,
पिडाले छाएको सन्नाटाबीच,
ओढाउन थाले पार्टिका झन्डा,
र नथाक्नेगरि सम्झिए उसलाई,

आए संघ-संस्थाका मान्छेहरू,
झुम्मिए वर-परका छिमेकीहरू,
हामफाल्दै आउन थाले आफन्तहरू
र देखाउन थाले गोहीका आँसु,
हिजो अस्पतालको शैयाबाट,
मबाँच्न चाहन्छुभन्दा,
उसलाइ सहारा दिन कोही आएनन,
जब भौतिक शरीर त्याग्यो उसले,
अस्पतालदेखि घर,
घरदेखि चितासम्म,
खरानी बनाएर बगाइदिनेहरू,
लावालस्करनै पायो

***

प्रतिक्रिया

सम्बन्धित खवर