– अभिषेक सापकोटा
गजल १
के पायौ के गुमायौ सोध्नु छ प्यारबाट
नयाँ जीवन सुरु गर्यौ मझधारबाट
एउटा यस्तो युगको सुरुवात होस्
तपाइँको कलमबाट मेरो विचारबाट
कलिला छोरीहरु बलात्कृत हुन्छन्
न सजाय हुन्छ न न्याय मिल्छ सरकारबाट
हामीले विचारको युद्ध लड्ने भनिरह्यौँ
उसैले सुरुवात गरिदियो हतियारबाट
यो छाती इस्पातले बनेको छ मेरो
कसैले टुटाउन सक्दैन् अब प्रहारबाट
गजल २
आफ्नाहरू छन् आफ्नोपन छैन
दुस्मन हुन् भन्न पनि पटक्कै मन छैन
पूँजीपतिको साम्राज्य कतिन्जेल टिक्ला ?
जहाँ श्रमको मूल्य छैन मजदुरको जीवन छैन
फूलजस्ती छोरी बेचेर मुस्कुराउँदै फर्कियो
मलाई मेरा हुन भन्नेप्रति अब भ्रम छैन
देशमा केही छैन भनेर नभनीदिनुहोस् न
आमाको काख पनि स्वर्गभन्दा कम छैन
***
प्रतिक्रिया
-
४