
– बिपिन तिवारी
टाढाबाट सोझै ठम्याउनु
नस्कने
ससाना डुङ्गा सरह
छवि छ उनको
हिन्दी भाषा व्यापक
मात्रामा बोल्छन् ।।
उनमा डोरेमन,
मोटु पत्लु,
सिन्चेनको
भग्नावशेष अटो-बायो
र
क्यालि-ग्राफिक
विम्ब छ ।।
उफ्रिपाफ्रि
आकाशका तारा
छुनु खोज्छन् ।।
प्राय प्राय
एक्लै दगुर छन् ।।
चरा उडे झैं
उड्ने रूचि छ
उनको ।।
फिका फिका
झोँक छ
उनकोमा
जब कुनै अरुचि
फेला पर्छ
समयानुकूल भोगाइमा ।।
उनी
हुबहु प्रेरणाका आलिङ्गन भोकमा
तड्कि रहन्छन्
तड्पि रहन्छन्
अविराम
हल्लाहरू बीच
एक्लोपनमा हराइ रहन्छन्
आफ्नो पनको निजी नाट्य शालामा ।।
***
प्रतिक्रिया
-
४
-
१०