✍️ मूल कवयित्री : सबरिना रमिना (अमेरिका)
अनुवाद: विपिन तिवारी

 

यदि
तिमी गीत हुनु हो भने
म दिनभरि नियमित गाइ दिन्थे
अनि
तिम्रा शब्दहरु कण्ठस्थ घोकि दिन्थे
गोप्य
मन भित्रबाट ।।

यदि
तिमी सागर हुनु हो भने

उच्छवासमा रमि रमाइ
तिम्रो सिमाङ्क पथ पहिल्याउँदै बग्ने थिए
तिमी सङ्गै ।।

यदि
तिमी हिम शिखा हुनु हो भने
म चढ्ने थिएँ
तिम्रो प्वाँखका चुचुरो समाइ
अनि सुनाउने थिए ईश्वरलाई तिम्रो नाम ।।

तर अचम्म !
तिमी त आकाश रहेछौ
अनि
म उड्नु सक्दिन
तर म धरतीको धरातलबाट
तिम्रा ताराहरु ठम्याउनु सक्छु ।।

प्रतिक्रिया

सम्बन्धित खवर