– शिवप्रसाद काफ्ले

बा नमस्कार,
आमा नमस्कार,
बाजे नमस्कार है,
बज्यैलाइ पनि नमस्कार,
सबैलाइ नमस्कार है,
सन्चै हुनुहुन्छ नि,
ल बाजे बज्यैलाइ त ढोग नै गरे,
फेरि पनि पार्टिले पत्यायो,
हजुरहरुको सेवा गर्ने अवसर,
फेरि एकपटक दिनुस है,
यति भन्दै उ गाउँ भरी डुल्नुछ भनी,
पल्लो घरतिर लाग्यो,
चप्पल लगाएर संसद भवन छिरेको उ,
निकै ठाटिएर गाउँ छिरेको थियो,

अचम्मको हुन्छ है यो नमस्कार,
बाले आमालाइ हेर्दै भन्नू भो,
बा को कुरा भुइमा नखस्दै,
बज्यैले उता वाट भन्नुभो,
क्यार्छ्स नानी चुनाव आयो,
त्यो निर्लज्ज अनुहार त देखाउनु परिगो नि,
के के न गर्छु भनेर जिताइयो,
गाउको अवस्था जस्ताको त्यस्तै छ,
उसले आफ्नो अवस्था भने मज्जाले फेरेछ,
बाजेले चस्मा मिलाउदै भन्नुभो,

अब नि पत्याउलान सोच्दो हो,
खानेपानीको समस्या त्यस्तै छ,
स्कुलको जस्ता फेर्न सकिएको छैन,
वाटो अझै आको छैन,
स्वास्थ्य चौकिमा कोहि वस्दैनन,
सिटामोल सम्म पाइदैन गाउमा,
हुर्केका केटाहरु विदेशतिर भासिए,
हामिले जिताएर पठाउने हो,
जितेर गएसी हामिलाइ चिन्दैनन,
त्यसैले नानी मत हाल्दा विचार गरेस,
ती कलिला नाति नातिनाको आखामा हेरेस,
तिनिहरुको भविस्य सम्झेस,
हामी त डाडापारिको घाम भैसकेम,
हरेकपटक आश गर्दा गर्दै,
बुझिस नि नानी ?
बज्यैले सारिको टुप्पोले,
पसिना पुछ्दै भन्नुभो

***

प्रतिक्रिया

सम्बन्धित खवर