✍️ नवराज न्यौपाने ‘मौन’
होटलको एउटा कुनामा दुई जना साथी भलाकुसारी गर्दै थिए । एउटाको श्रीमती नेता र अर्कोको श्रीमती हिरोइन थिइन् ।
“हेर्नुस, नेताले कहिल्यै पनि मैले गलत काम गरेछु, गलत कुरा बोलेछु भनेर आफ्नो गल्ती स्वीकार गर्दा रहेनछन् । जे गरेँ ठीक गरेँ, जे बोलेँ ठीक बोलेँ मात्र भन्छन् । मैले गल्ती गरेको र गल्ती बोलेको के प्रमाण छ भन्छन् ।तर हजार गल्ती गरिरहन्छन्, हजार गल्ती बोलिरहन्छन् ।” एउटाले गुनासो पोख्यो ।
“हिरोइनहरू पनि कहाँ कम्ताका हुन्छन् र ? माया गरेको एक्टिङ हो कि साँच्चै हो, छुट्याउन सकिँदैन । कसलाई साँचो माया गर्छन्, कसलाई ख्यालख्याल माया गर्छन्, बुझ्नै सकिन्न ।” अर्कोले दुखेसो पोख्यो ।
पल्लो टेबलमा एउटै प्लेटमा खाजा खाएर एउटै चुरोट तान्दै गरेका एकजोडी मजदूर दम्पती उनीहरूको कुरा सुनेर मुसुमुसु हाँसिरहेका थिए।
प्रतिक्रिया
-
४