✍️ सुमन सिंगल

मुक्तक १
खान पुगोस् , दिन पुगोस् कमाएको धनबाट
विनम्रताको अत्तर फैलियोस यो मेरो तनबाट
दुनियाँका तीरलाई स्थिरमनको ढालले रोकोस्
कोहि घाईते नहोस् मेरो मन ,कर्म, वचनबाट !

मुक्तक २
स्वीकार छ तिम्रो यो चुनौती,लाभ या हानी छँदैछ
पूर्व निर्धारित त्यो नियती र यो जिन्दगानी छँदैछ
जीतेछु भने प्रत्युत्तर हुनेछ तिम्रा यी शब्दप्रहारको
हारेछु भने सम्हालिन्छु आँफै ,हार्ने बानी छँदैछ!

मुक्तक ३
सधैं तम्तयार हुन्छ दुनियाँ,सोचनै खेदो खन्ने हुन्छ
उमृन्छन नव पालुवा,जसको लक्ष्य बुद्ध बन्ने हुन्छ
सबैको चाह हुन्छ धरामा बुद्ध पुनः फर्किउन भन्ने
बुद्ध जन्मिउन तर छिमेकीको आँगनमा भन्ने हुन्छ!

मुक्तक ४
श्रीहीन नसीब,अति दुर्बल साथसाथै जर्जर तन भएपनि
परनिर्भर प्राण,काँतर आत्मा अनि निराश मन भएपनि
एउटा झिनो आशा छ जिउने,सुखको अमृत थोपा पिउने
मृतप्राय: काया,तर कालले नपत्याएको जीवन भएपनि !

मुक्तक ५
सुविचारको मस्को नलगाए मन त मलिन हुन्छनै
कल्पनामा बाँचीरहे शुभदिन पनि दुर्दिन हुन्छ्नै
सबैको जिन्दगी एकपटक सादा पाना जस्तो हुन्छ
आफैंले कठिन बनाए पछि जिन्दगी कठिन हुन्छनै!

***

प्रतिक्रिया

सम्बन्धित खवर