✍️ रेणुका जिसी
असमय नै टुटेका हाँगाहरूको सम्झनामा
अझै झ्यांगिन
चुँडिएका फूलहरूको सम्मानमा
अझै धेरै फुल्न,
हावाहुरीले झरिगएका पातहरूको समवेदनामा
अझै हरियो भएर पलाउन
जुन माटोमा मेरा जराहरू गाडिएका छन्,
त्यो माटोलाई
अझ बलियो बनाउन,
रुख भएर अझै उभिनु छ।
कुनै दिन नियतीले काटिदिएछ फेदै देखि भने पनि
उखेलिदिएछ जरैदेखि भने पनि
फेरि अंकुरित हुन
फेरि उम्रन
छाड्नु छ बलियो बिज
ताकि,
फेरि अर्को मान्छेभित्र पलाओस्,
रुख भएर जमिनमा उभिने रहर ।
फेरि फेरि नयाँनयाँ पालुवा बनेर पलाउँछन् आँखामा सपनाहरू । आफ्नै आँखामा अब रहरहरू फक्रिएको हेर्नुछ ।
प्रतिक्रिया
-
४