
✍️ प्रकाश पाठक
गजल – एक
कसरी सकेको यति हतारिन पनि
फुर्सद छैन राम्ररी सास लिन पनि
म गरिब भन्ने चिनेछ क्यारे पैसाले
मान्दैन साथमा बस्न एकैछिन पनि
घर भित्रको पानी फाल्दै दिक्क लाग्यो
नआए हुने यो वर्खाको दिन पनि
तीज आउन थाल्यो विदुवा दिदी भन्दै थी
भाग्यमा रैहिन्छ धेरै रङ्गीन पनि
सन्तानकै खुशीमा जसले जीवन बितायो
विषेश दिन नै चाहिन्छ र बालाई सम्झिन पनि ?
हरेस नखानु समय लाग्छ प्रगति हुन
जस्तो महिनौं लाग्छ विरुवा हुर्किन पनि ।
गजल – दुई
जीवन काट्न के के चाहिन्छ मनुवालाई पनि
हलो चाहिन्छ प्रयोगमा आउन जुवालाई पनि
कुवाको भ्यागुतोले कुवा छोड्न सकेन
भ्यागुताको आदत बस्यो कुवालाई पनि
मेरो सामु कहिल्यै आँसु देखाउनु भएन
दुस्ख त कहाँ कम छ र बुवालाई पनि
कसैको जिन्दगी किन खल्लो बनाइदिनु
सिन्दुर,चुरा लगाउन देउ विधुवालाई पनि
राम्रा नगरकार्यलय,वडा कार्यलय बनाउनु भो
बनाइदिनुस् अस्पताल, शौचालय बटुवालाई पनि
प्रतिक्रिया
-
४
-
१०