✍️ मुना बोहोरा

जीवन ​अगाडी बढाउन
अब म फर्किन्न विगतमा
जान–अन्जानमा भएका गल्तीहरूमा

गन्तव्यमा पुग्ने अडानबाट
दुस्ख सहन गर्ने क्षमताबाट
अब म फर्किन्न विगतमा
कमजोर आत्मविश्वास र डरको भयमा

चेतनाको भिन्न पहाड उक्लेर
मानवताको छुट्टै टापु बनाउन
अगाडि हिडेको म
अब म फर्किन्न विगतमा

सामूहिक एकताको झण्डा उठाउदै
समुहमा बाचेको म
अब म फर्किन्न विगतमा
एक्लै यात्रा गर्दिन
आफ्नै मात्र स्वार्थमा

तर,
म विगतका ती दिन
बिर्सने छैन ।
जसले मलाई मर्दै बाच्न सिकाए
र एउटा संघर्षको बाटो हिड्न सिकाइरहे

विगत मेरो साक्षी हो
मेरो वर्तमानको

त्यसैले जीवनको अन्तिम समयसम्म विर्सने छैन मलाई बनाउने बिगतलाई
आफ्नो धरातललाई

एउटा प्रणमा हिडेको म
फर्किन्न बिगतमा !

प्रतिक्रिया

सम्बन्धित खवर