
✍️ हिउँकला हाँसी खतिवडा
मुक्तक – एक
जित्नेहरूलाई ज्यादै खुसीको, बहार हो दसैँ तिहार
सज्जनको रक्षा र दुष्टहरूको, संहार हो दसैँ तिहार
ऋणमा चुर्लुम्मै डुबेर विवशताले बाँच्नेहरूका लागि,
टाउकोमा भारी खुसी माथिको, प्रहार हो दसैँ तिहार !
मुक्तक – दुई
आज फेरि तिम्रो सम्झनाले, मुटु बिझायो प्रिय
बितेका पलहरुलाई सम्झि, आँखा रसायो प्रिय
हजार कोसिस गरेँ मैले तिमीलाई भुलाउन लाई,
तर हरेक कोसिसमा झनै,तिम्रो याद आयो प्रिय
मुक्तक – तीन
आफ्नै बात साँचो भन्छन् ,अरुको बात होईन
भन्लान् जालझेली,साँचो प्रेम गर्छु घात होईन
यो दुनियाँमा पैसा र रुपलाई माया ठान्नेहरूले,
होसियार१तिम्रो अधर चुम्न खोज्छन्,हात होईन।
मुक्तक – चार
तिमीसँग बोलचाल, नभएको धेरै भयो
तिमीलाई सपनीमा ,नदेखेको धेरै भयो
यो रातलाई पनि रात खै, कसरी भनौँ रु
तिम्रो यादमा निदाउँन,नसकेको धेरै भयो।
मुक्तक – पाँच
उर्लिन्छ आँखामा भेरी ,चित्त बुझाउनुपर्छ
मनको धोको फेरिफेरि ,चित्त बुझाउनुपर्छ
दिनभरीको काममा म थकित भएपनि प्रिय,
रातमा तिम्रो फोटो हेरी, चित्त बुझाउनुपर्छ
प्रतिक्रिया
-
४
-
१०