✍️ उमेश चन्द
मुक्तक – एक
हर घडी हर प्रहर नानीमा राखेर
गल्ती गरे भयङ्कर नानीमा राखेर
संसार हेर भन्छौ तिमी क्यारी हेरु म ?
आँखा बिझाउने कसिङ्गर नानीमा राखेर
मुक्तक – दुई
नदेखाउ आफ्नो औकात जानुपर्ने छ
मृत्यु आउदा अकस्मात जानुपर्ने छ
दुई दिनमा चुरीफुरी केको लागि हो ?
रित्तै आयौं रित्तै हात जानुपर्ने छ
मुक्तक – तीन
मैले तिमीलाई माया दिने अधिकार पनि छैन
र तिमीले मलाई सम्झिने अधिकार पनि छैन
म भन्दै छु चेतना होस् दुनियाँको सामु,
अब मेरो नाम लिने अधिकार पनि छैन
मुक्तक – चार
मैले जानेबुझे जति सबथोक गर्दा पनि
विदेशी चालचलनको बिरोध गर्दा पनि
सहर पसेर संस्कार भुल्यो किन भन्छन्
भेट हुँदा आफन्तलाई ढोग गर्दा पनि
मुक्तक – पाँच
कहाँ जाने कसो गर्ने अनिर्णित भएको छु
पढाइ सकेर बेरोजगार निश्चित भएको छु
डिग्री सकेका यूवालाइ राहदानी थमाईदिन्छ,
देशको हालत देखेर म चिन्तित भएको छु
प्रतिक्रिया
-
४
