✍️ सोतन्त्र नेपाल

मुक्तक – एक

छुदिन भन्दाभन्दै तिम्रै तस्वीर छुवाउछ्न् आफ्नाहरूले,
कोट्टाएर त्यही पुरानो घाउ रुवाउछन् आफ्नाहरूले
तिम्रो सिऊँदोमा अर्कैको अधिकार देख्दा देख्दै,
मलाई अझै पनि तिम्रै कसम खुवाउछन आफ्नाहरूले

मुक्तक – दुई

तिम्रो नाम सुन्नै नपर्ने कुनै सहर बताइदेउ
नत्र तिम्रा याद मात्र मार्ने जहर बताइदेउ
के देखेर प्रेम गर्यौ र के देखेर छोड्यौ ?
कम्तिमा यी दुई प्रश्नहरूको उत्तर बताइदेउ

मुक्तक – तीन

न खोला हुनेछ, न खोलामा डुङ्गा हुनेछ
न फूलबारी हुनेछ, न फुलको थुङ्गा हुनेछ
खेतीयोग्य जमिनलाई पल्टिङ्ग गर्न छोडेनौ भने
बिहानको खानामा बालुवा साझमा ढुङ्गा हुनेछ

मुक्तक – चार

नहुदा नहुदै पनि इच्छुक, दिएर जानेछ
आलो घाउलाई नुनचुक दिएर जानेछ
आउदा टीका र जमरा लिएर आएको दशैले
जादा बाझको हातमा तमसुक, दिएर जानेछ

मुक्तक – पाँच

झसङ्ग झस्काएर रुवाइदियो , धुवाँले पनि
नराम्ररी एक्छिन होसै उडाइदियो, धुवाँले पनि
हृदयको आवाज सुनेछ सायद ओठको चुरोटले
त्यसैले उसैको आकृती बनाइदियो, धुवाँले पनि

प्रतिक्रिया

सम्बन्धित खवर