✍️ प्रकाश खनाल

मुक्तक – एक

देख्दा सत्य लागेका कतिपय कुराहरू कृत्रिम हुन्छन्
निकै कम कुराहरू छन्, जुन अपेक्षा गरेबमोजिम हुन्छन्
भ्रम नै भ्रम बीचको वास्तविकता जिन्दगी हो यथार्थमा
‘अत्यावश्यक’ कुराहरू भित्रै जिन्दगीका जोखिम हुन्छन्

मुक्तक – दुई

आफैंले आफ्नै बारे चिन्तन, मनन र अध्ययन गर्नुपर्छ
जीवनको सार प्राप्त गर्न, ज्ञानको सागर मन्थन गर्नुपर्छ
‘शरीर’ मात्रै मानव होइन, त्यो मानवको भौतिक रूप हो
मानव बन्न त ‘ज्ञानेन्द्रिय’लाई ‘ज्ञान’ले प्रतिस्थापन गर्नुपर्छ

मुक्तक – तीन

कहिलेकाहीँ आफैं पछाडि पर्नुपर्छ अरूकै निम्ति
जोखिम कदम चाल्न अगाडि सर्नुपर्छ अरूकै निम्ति
शिखरमा पुग्न, नाम राख्न, सजिलो छैन जिन्दगीमा
काम गर्नुपर्छ अरूकै निम्ति, त्याग गर्नुपर्छ अरूकै निम्ति

( प्रकाश खनालको यी मुक्तकहरूले फोटोमा मुक्तक प्रतियोगिताको १०० औं श्रृङ्खलामा सान्तवना स्थान प्राप्त गर्न सफल भएको थियो ।)

प्रतिक्रिया

सम्बन्धित खवर