✍️ सौगात रिजाल

गजल –  एक

लाग्न सक्छ घाउ लाग्न सक्छ खत भनेकै हुँ
छोरी अन्जान ब्यक्तिको नगर संगत भनेकै हुँ

केही दिनमै तिम्रो अस्तित्व मेटिएला फेरी
आजकल मायामा हुन्न हिफाजत भनेकै हुँ

भोलिको चिन्ता गर्दैमा समस्या टर्दैन तिम्रो
आज खुशी भए पक्कै मिल्छ मद्दत भनेकै हुँ

गल्ति गर्नेलाई बरु दिन सकिन्थ्यो माफी
धोका दिनेलाई दियौ गर्यौ गलत भनेकै हुँ

महलकी रानीले निलो आकास मन पराउँथिन
मैले त्रिपाललबाटै हेर्न मिल्छ छ त भनेकै हुँ

  गजल – दुई

बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ
हुन देउ छोरा हामी किसानीको यही त इज्जत छ

कोही सुनकै महलमा सुतेर पनि निदाउन सकेनन्
बाबू हामी त्रिपालमा भए पनि खुशी त बचत छ

छोरा ठूलो भएर तिमी असल वाल्मिकी बन्नुपर्छ
खै बा थाहा छैन छन त रत्नाकरहरूकै संगत छ

जसलाई शरीर छुटेपछि मेरो सम्झनासम्म छैन
उही निष्ठुरी को चित्र यो दिलभित्र हिफाजत छ

खुशी हुन सकिन्न कहिले निको हुन्न मनको घाउ
मित्र ज–जस्को बिर्सनेलाई सम्झिरहने लत छ

प्रतिक्रिया

सम्बन्धित खवर