वि.संं. २०१५ बैशाख ५ गते टेक्कर भन्सारी, मकवानपुरमा जन्मिएका गोविन्द गिरी प्रेरणा २०३४ फागुनमा ‘किनारा’ कथा प्रकाशित गरेर औपचारिक रूपमा नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । दुई दर्जनबढी पुस्तक प्रकाशन गरिरहेका प्रेरणा नेपाली साहित्यको विकास र विस्तारका लागि निरन्तर सक्रिय छन् । उनको ‘सुतेको समुद्र’ (२०४०), ‘अन्तराल’ (२०४६), ‘यात्रा अनन्त’ (२०५३), ‘घोराही शून्य किलोमिटर’ (२०६७), ‘छड्के तिलहरी’ (२०६९) र ‘गन्तव्य गणवहाल’ (२०७२) कथा सङ्रग्रह प्रकाशित छन् । यसैगरी ‘उत्खनन’ (२०४५) र ‘पाखण्ड पर्व’ (२०४९), ‘अन्तिम खाडल (२०५३) र ‘एक मात्र रात’ (२०५५) उपन्यास प्रकाशन भएका छन् । उनको कविता सङ्ग्रहरूमा ‘फूलहरू केही त वोल’ (२०५५), ‘स्वप्न कथा जारी छ’ (२०४९), ‘अचानक एकदिन’ (२०५३) ‘राजमार्गका सुन्दरीहरू’ (२०५६) र ‘दुई दशकका आवाजहरू’ (२०५६) रहेका छन् भने ‘फेरो’ (२०५३), ‘टिष्टाको किनारै किनार’ (२०५५) ‘गुडवाई अमेरिका’ (२०६२) यात्रा संस्मरण प्रकाशित भएका छन् ।

‘पाउली वुलु’ (२०६०) र ‘दुई दशकका चिन्तनहरू’ (२०६६) निबन्ध प्रकाशित भएका उनको ‘तेलको धूप’ (२०६२) समालोचना र ‘प्रजातन्त्रको काफल पाक्यो हजुर’ (२०६१) हास्यव्यङ्गयसमेत प्रकाशित छ । हेम हमालका कविता, वसन्त श्रेष्ठका कविता, ध्रवुचन्द्रका एकाउन्न कथाआदिको सम्पादनसमेत गरेका साहित्यकार गिरीले इकेदाका कविता र निवन्ध र जापानी साहित्यको संक्षिप्त झलकसमेत अनुवाद गरेका छन् । त्यस्तै, प्रश्नैप्रश्नकाबीच प्रेरणा (लेखकसँग २५ जना र सम्पादकको अन्तरवार्ता सङ्ग्रह) र कविका रूपमा प्रेरणा (लेखकको कविता पक्षका समीक्षा समालोचना) गरी दुईओटा लेखकसम्बन्धी पुस्तक पनि प्रकाशित छन् ।

नारायणी वाङ्मय पुरस्कार २०४६, शिवप्रसाद उन्नयन पुरस्कार २०५३, युवा वर्ष मोती पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५५, प्रतिभा युवा सम्मान २०५६ र वासुशशी साहित्य पुरस्कार २०७३ लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका साहित्यकार गिरीको हालै मात्रै ‘टुप्लुक्क टोकियो’ नामक नियात्रा पाठकमाझ आएको छ । सोही कृतिमा आधारित भएर आजको आँगनमा सहकर्मी जनक कार्कीले गर्नुभएको पुस्तक वार्ता यस्तो छः

यहाँको पछिल्लो कृतिको रूपमा नियात्रा ‘टुप्लुक्क टोकियो’ नेपाली पाठक माझ आएको छ । टुप्लुक्क टोकियोमा कस्ताविषयवस्तुलाई समेटनु भएको छ ?

सन् २०१८ मा एक हप्ताको लागि म जापान यात्रामा गएको थिएँ । जापान भने पनि एक दिनका लागि हिरोशिमा गएं, बांकी दिनटोकियोको वरपर नै घुम्न पाएं । यसैलाई मैले नियात्राको रूपमा प्रस्तुत गरेको हुं । यस कृतिमा मेरो जापान जाने पहिलेदेखिको ईच्छाआकांक्षाको नालीवेली सहित मेरो जापान यात्राको अनुभव र अनुभूति छन् । पुछारमा ट्रान्जिटको क्रममा केही घण्टा सिंगापुर पनि घुम्नपाईयो त्यो पनि यसमा समेटेको छु ।

अहिले नेपालमा नियात्राका कृतिको क्रेज बढ्दो छ, नियात्रालाई साहित्यिक विधा किन मान्ने ?

नेपालमा नियात्रा कृतिको क्रेज निसन्देह बढेको छ । किनभने नेपाली लेखक कविहरू स्वदेश वा विदेश आफ्नै खर्चले शोखका लागि, पारिवारिक पुनर्मिलनका लागि, साहित्यिक कार्यक्रममा भाग लिनका लागि विदेश पनि जान थाले, यसैले यो विधा मौलाउन पायो । कुनैपनि विधामा रचनाहरू यथेष्ट मात्रामा गम्भिरतापूर्वक लेखियो भने त्यो विधा त स्थापित भैहाल्छ नि ’ नियात्रा विधाले यी सब प्रकृया पूरागरिसकेको हुनाले यो गद्य विधा अन्तरगत स्थापित भैसकेको ठान्दछु ।

आजको युगमा एक क्लिकमा भिडियो मार्फत संसार घुम्न सकिन्छ, अक्षर मार्फत कसैको व्यक्तिगत भ्रमणको कुरा पाठकले किन पढ्ने ?

कुरा के हो भने साहित्य लेखन भनेकै पुनर्लेखन हो । त्यो कसरी, कति आकर्षक रूपमा र गम्भिरता पूर्वक लेखियो त्यसले पाठकलाई तान्ने हो । भिडियोमा दृष्य र जानकारी त भेटिन्छन् तर लेखनमा पाईने त्यस लेखकको जुन शैली, अनुभव र जीवन्तता हुन्छ त्यो पाइन्न ! फोटोभन्दा त्यो दृष्यको पेण्टिंगको महत्व र मूल्य बढी भए जस्तै हो भिडियो र नियात्रा लेखनमा ।

आजका यात्रा संस्मरण वा नियात्रामा मिस भइरहेका कुरा के हुन ?

सान्दर्भिक सूचना, ईतिहास, मिथक र भूगोलभन्दा नीजि मनगढन्त कुराहरू आज नियात्राका रूपमा लेखिने प्रवृत्ति बढेको छ । अतः यीकुराहरू मिस भएका हुन् कि भन्ने लाग्छ ।

टोकियोमा के त्यस्तो देख्नुभयो जसले यहाँलाई नियात्रा कृति तयार गर्न लालायित बनायो ?

मेरो लागि त सबथोक नौलो नै थियो । तर अरूले नदेखेको, अरू नपुगेको ठाउँमा पुगेका कुराले मलाई प्रारम्भिक रूपमा लेखाएको हो । दोश्रो मेरो शैली र प्रस्तुति अरूले प्रस्तुत गर्ने कुरा भएन, त्यो पनि जवरजस्त कारण हो यो कृति लेख्न लालायित तुल्याउने तत्व !

तपाईंले साहित्यका कमै मात्र विधा होलान् जसमा कलम चलाउनु भएको छैन । निकै सक्रिय देखिनुहुन्छ । साहित्यमा लागिरहन केकुराले प्रेरित गर्छ यहाँलाई ?

शुरूमा त छापामा नाम छापिनु रमाइलो कुरा हुन्थ्यो । मञ्चमा हात कमाउंदै कविता पढ्नु अत्यासलाग्दो आनन्दको कुरा हुन्थ्यो । तरनियमित पठन, साहित्यिक गतिविधिमा निरन्तरताले साहित्य लेखन जीवनको अंग भैसकेछ । अहिले लेख्नु भनेको मेरो लागि दैनिकजीवनको नियमितता जस्तो लाग्छ । सांच्चै भन्ने हो भने साहित्य लेख्नु सास फेर्नु जस्तै लाग्छ । जहाँसम्म विविध विधाका कुरा छन्, मलाई मेरो अध्ययनले विविध विधामा लेखाएको हो ।

नेपाली साहित्य र पठन संस्कृतिलाई कसरी हेर्नु भएको छ ?

अहिले नेपाली साहित्यको गहिराई भन्दा फैलावट बढी छ । पाठकहरू बढेकै छन् , पुस्तकको नभए पनि सामाजिक सञ्जालको माध्यमले । पाठकहरू सजिलो पठनको रोजाईमा छन् । केही लेखकहरू पनि सजिलो लेखनमा रमाउन थालेका छन् । गम्भिर र कालजयी लेखनहरेक युगमा कमै हुने हो ।

मानिससँग भुल्ने धेरै माध्यम छन,साहित्य किन जरुरी छ ?

साहित्य भूल्नलाई मात्र होइन नि ! साहित्यले केही हदसम्म मनोरंजन पनि देला । तर यो सस्तो मनोरञ्जनको साधन होइन ! साहित्य त लेखकले बाँचेको समाजको, राष्ट्रको र समग्रमा युगकै धुकधुकी हो, धडकन हो । विचार, दर्शन र जीवनको प्रतिविम्व हो ! यो नै सभ्यसमाजको चुरो हो, अतः यो निसन्देह अनिवार्य जरूरी कुरा हो सभ्य समाजको लागि ।

अहिले तपाईंले पढिरहेको कृति कुन होला ?

केही हप्ता अघि दिल्ली जांदा भारतीय लेखिका ममता कालिया लिखित आफ्ना दिवंगत लेखक पति रविन्द्र कालियाको संस्मरणपुस्तक ‘रवि कथा’ ल्याएको थिएं, त्यो पढिरहेको छु । प्रगति पत्रिकाका सम्पादक नारायण प्रसाद वांस्कोटाबारे निस्केको ग्रन्थ पनि पढें हालसालै ।

नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

नेपाली साहित्यको अवस्था निराशाजनक छैन ।लेखकहरू बढेका छन् । पुस्तक प्रकाशन पनि यथेष्ट भैरहेका छन् । यिनैमध्यबा टकालजयी लेखक र कालजयी कृति आउनेछ भन्नेमा म पूर्ण आशावादी छु ।

यहाँले लामो समय नेपाली साहित्यको अनुभव बटुल्नु भएको छ, नेपाली साहित्यमा पहिले र अहिले अवस्थालाई तुलना गर्नुभयो भने केभिन्नता पाउनुहुन्छ ?

पहिले स्रष्टा थोरै थिए र प्रायः अधिकांस स्रष्टाहरू साधक थिए । साधनामा विश्वास गर्नेहरू अत्यधिक थिए । अहिले सर्जक प्रशस्त छन्तर साधकहरूको कमी छ । साहित्यिक पत्रिकाहरूले साहित्यकारहरूलाई लेख्न उर्जा दिन्थे, छलफलको वातावरण हुन्थ्यो । सम्पादकलेर चना अस्वीकार गर्लान् भन्ने डर हुन्थ्यो । तर आजकल त्यस्तो डरभर छैन । सबै स्वीकृत छन् सामाजिक सञ्जालमा ।

सबैलाई आफ्नै मात्र कृति अरुले पढीदिओस् भन्ने छ तर अरुका कृति पढिदिनेको अभाव कत्तिको देख्नुहुन्छ ?

यो लेखक लेखक बिचको समस्या र द्वन्द्व हो । लेखकहरू लेखकमुखी भएकाले यस्तो देखिएको हो १। लेखकहरू पाठकमुखी भए योसमस्या हुंदैन । अर्को कुरा अरूका कृति नपढ्ने लेखकले भन्दा पढ्ने लेखकले नै लेखनको लडाईंमा जित्छ । यसमा अल्मलिन आवश्यकछैन ।

अमेरिकामा बस्नुहुन्छ, व्यस्त समयलाई व्यवस्थापन गरेर साहित्यलाई समय छुट्टाउनु पक्कै ग्राहो हुन्छ, कसरी समय व्यवस्थापन गर्नुहुन्छर दैनिक कति घण्टा लेख्नुहुन्छ ?

अघिनै भनिसकें, लेखन मेरो लागि सास फेर्नुजस्तै हो । लेखन मेरो दैनिक जीवनको अनिवार्य क्रम हो । त्यसैले लेखनको लागि समयमजाले व्यवस्थापन गरेको छु । म राती, दिउँसो, विहान, घर, कफीसप, विमानमा उड्दा जहाँ पनि जहिले पनि लेख्न सक्छु । म नियमितनै लेख्छु, कति ।

प्रतिक्रिया

सम्बन्धित खवर