✍️ सुभद्रा ढकाल
गजल – १
उता अधुरो जीवन छ भेट्न मिल्दैन
यता तड्पिएको मन छ भेट्न मिल्दैन
लाग्छ चरा जस्तै उडेर दुर देशमा पुगु
देखु भेटुँ भैरहन्छ भेट्न मिल्दैन
पठा छु भन्थ्यौ बतासलाई सम्झना
कताकता बहन्छ भेट्न मिल्दैन
यादले असाध्यै दुख्छ आँसु बर्षन्छन्
मनको घाउ चर्कन्छ भेट्न मिल्दैन
गजल – २
तिम्रो जीत देखेर मेरो हार देखेर
डाहा लाग्छ भाग्यामानी निधार देखेर
छोरा जन्मेको दिन सम्झेर रुदैँछन्
बुहारीको नमिठो व्यवहार देखेर
समय पटकपटक झस्किन्छ होला
दुनियाँमा मानिसको हतार देखेर
आमा सधैँ घरमै बस भन्नुहुन्छ
के के गरे बुद्धले संसार देखेर
प्रतिक्रिया
-
४
