काठमाडौँ – ‘जस्टनेप’ एप्लिकेशन प्रा।लि।ले नयाँ एप सञ्चालनमा ल्याएको छ । प्रविधिको प्रयोग गरी कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै ‘जस्टनेप’ नामक नयाँ एप सञ्चालनमा ल्याएको हो ।
कोभिड–१९ महामारी शुरु भए यता नेपालमा अनलाइन मार्केटिङ निकै फस्टाएको देखिन्छ । पछिल्लो समय विभिन्न ब्राण्डहरूको आफनै एप्लिकेशनदेखि लिएर विभिन्न स्टोरहरूले समेत अनलाइन र एप्लिकशन मार्फत आफ्ना ग्राहकहरू समक्ष विभिन्न बस्तु पुर्याइरहेका छन्।
अब बस्तुमात्र होइन विभिन्न रेस्टुरेन्ट तथा होटेलहरूले पनि आफ्ना परिकारहरू बजारमा अनलाइन तथा एप्लिकेशनहरूमा राखेर ग्राहकको इच्छा अनुसार होम डेलिभरी गरिरहेका छन् ।
सोही क्रममा कम्पनीले ‘जस्टनेप’ एप सञ्चालनमा ल्याएको हो । कोरोनाका कारण धरासायी बनेको रेष्टुरेन्ट तथा होटलहरूलेसमेत अनलाइनमार्फत कारोबार गरिरहेका छन् । लकडाउनको समयमा पनि ग्राहकहरूको चाहानाअनुसार विभिन्न ब्राण्डहरूले अनलाइन तथा एप्लिकेशनमार्फत खानाका परिकारहरू ग्राहकको घरघरमा पुर्याइरहेका छन्।
यो अवसरलाई सदुपयोग गर्दै जस्टनेपले नेपाली बजारमा अर्को अनलाइन तथा एप्लिकेशन मार्फत लोकल रेस्टुरेन्टबाट, स्थानीय ग्राहकहका लागि यहिका डेलिभरी राइडरहरूको उपलब्धता सहितको होम डेलीभरी सुविधा प्रदान गर्ने कम्पनीका निर्देशक प्रदिन लम्सालले बताए ।
उनले भने “बिदेशमा भएको जस्तै अति अत्याधुनिक तरिकाका खानेकुराका परिकारहरू राखिएको उक्त एपमा हजुरहरूले कसैलाइ गर्नुभयो भने केहि पाउनु पनि हुनेछ भने यो एप्लिकेशनमा आफ्नै वालेट भएकाले विदेशमा भएकाहरूले समेत वालेटबाट नेपालमा भएका परिवारलाइ जन्मदिन वा अन्य मनोरन्जनात्मक कार्यक्रमहरूमा सरप्राइज गिफ्टको रूपमा कुनै पनि विदेशको जस्तै खानाका परिकारहरू डेलिभरी गराउनु सक्नुहुनेछ।”
निर्देशक लम्सालकाअनुसार सुरुआती चरणमा यो एप्लिकेशन डाउनलोड गरेबापत वालेटमा एक सय रुपैयाँ तुरुन्त जम्मा हुनेछ।
यसबाट कुनै पनि खानाका परिकारहरू अर्डर गरेमा ५० प्रतिशत सम्म छुट हुने उनले जानकारी दिए । निर्देशक लम्सालकाअनुसार पहिलो चरणमा कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी तीन जिल्लामा होम डेलभरीसहितको सुविधा दिनेछ ।
प्रतिक्रिया
-
४
