सउल, दक्षिण कोरिया – नेपाली कांग्रेसको महाधिवेशन नजिकीँदै गर्दा यहाँको काँग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले छैटौँ अधिवेशन सम्पन्न गरेको छ ।

गत आईतबार राजधानी सउलमा सम्पन्न अधिवेशनले भजिन्द्र क्षेत्रीलाई सभापतिमा निर्वाचित गर्यो । अधिवेशनले क्षेत्रीको सभापतित्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिमा लक्ष्मण दाहाल, जितेन्द्र महता महामन्त्रीमा, मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीमा पर्सुराम पौडेल, विकास मल्ल चयन भएका छन् ।

तेस्तै रुपेश कंडेल, दिल ब. मडै,  प्रकाश देवकोटा, बालकृष्ण बान्तवा, महेश ब. महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् ।

अधिवेशनले केही हप्ता अघिमात्रै कोरियाको ८ क्षेत्रमा क्षेत्रिय अधिवेशन समेत गरेको थियो । प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यक‍ो रुपमा प्रेमसागर पौडेल, तुलस कुमार गुरुङ, भरतमणि पाण्डे, जित कुँवर, गोबिन्द शर्मा, कमल कुमार लिम्बु, युवराज अम्गाईँ, हिमाल पौडेल पनि चुनिएका छन् ।

निर्वाचित सिङ्गो कार्यसमिति सर्वसम्मतिमा निर्विरोध चयन भएका हुन् । नयाँ कार्यसमिति निर्विरोध चयन भएपछि निवर्तमान सभापति आस्था बिन्दु मल्लले खुसी व्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर