दमक – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपाली कला, संस्कृति संरक्षण र विकासमा नेपालीमूलका भुटानी शरणार्थीको योगदान प्रशंसनीय भएको बताएका छन् ।
दमक–३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविरमा इन्टरनेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनले आज बेलडाँगी शिविरमा आयोजना गरेको बृहत् साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्दै उनले भुटानी शरणार्थीले नेपाली समाज, देशलाई पु¥याएको योगदान भुल्न नहुने बताए ।
उनले भने, “नेपालीभाषीको पहिचान र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले थप टेवा पुग्ने छ ।”
त्यस अवसरमा मुख्यमन्त्री राईले फाउण्डेशनले सञ्चालन गरेको रियालिटी सोको उद्घाटन गर्नुका साथै शिविरका वृद्धवृद्धालाई दिनको समयमा बस्ने तथा कुराकानी गर्ने घरको समेत उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री राईले कलाकारहरू केही समयसँगै नाचगान गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारले प्रस्तुति दिनुका साथै वेलडाँगी तथा मोरङ पथरी शनिश्चरे शिविरका सर्वसाधारणको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताए ।
फाउण्डेशनले पथरी र वेलडाँगीका केही शिक्षक व्यवस्थापनमा मासिक रु तीन लाख हाराहारीमा खर्च गरी शरणार्थी बालबालिका पढाउने कार्यमा सहयोग पु¥याउँदै आएको बताए ।
प्रतिक्रिया
-
४
