✍️ अजित उत्सव

बर्षौंदेखि बुढो घाम कुरी बसेको
यो बुढो घरमा
म छु भनेर आएनन् कहिल्यै कोही बोलाउन
न छोरा
न छिमेकी
न बटुवा
न आफन्त
रोग, भोक र शोकमा म एक्लै एक्लै बाँचें ।

आज एक्कासि बोलाउन आयो बाढी
बगायो मेरो आँगन
बढार्यो मेरो घर र मेट्यो म हुनुको अस्तित्व ।
निदाएकै बेला म पुरिएपछि आफ्नै घरमा
रुँदै आएका छन् सहरबाट छोराहरू
आएका छन् मेरा छिमेकी र आफन्त !

यतिबेला घरको भग्नावशेष पन्छाउँदै
मेरा छोराहरुरू खोजिरहेछन् मेरो घाँटी र औँलाहरु
किनकी उनीहरुलाई याद छ
त्यहाँ थिए
केही लाल सुनका सिक्री र औँठीहरू ।

प्रतिक्रिया

सम्बन्धित खवर