काठमाडौँ – साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा रु दुई लाख बराबरको अक्षयकोष स्थापना गरेकी छन्। पद्मश्री पुरस्कार (रु दुई लाख) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।

अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिइने गरी उनले सासुआमाको स्मृतिमा ‘मानकुमारी स्मृति अक्षयकोष’को स्थापना गरेकी हुन् ।

विद्यालयमा अक्षयकोष स्थापना गरी रकम सहयोग गरिदिएकामा प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर