बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी आम्बेडकर एक भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए जसले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका थिए । उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए ।
पढ्नुस् उनको प्रेरक भनाईहरू
उनका महानवाणीहरूलाई आजको विवेक क्याप्सुलमा प्रस्तुत गरेका छौँ ।
मैले कुनै पनि समुदायको प्रगति त्यस समाजका महिलाहरूले प्राप्त गरेको उपलब्धीको आधारमा मापन गर्छु ।
जिन्दगी लामो नभएर महान हुन जरूरी छ ।
म यस्तो धर्मलाई मान्दछु जसले स्वतन्त्रता, समानता र भाइचारा सिकाउँछ ।
एउटा महान व्यक्ति प्रतिष्ठित व्यक्तिसँग यसरी अलग हुन्छ कि ऊ समाजको नोकर बन्न तयार हुन्छ ।
बुद्धिको विकास मानव अस्तित्वको अन्तिम लक्ष्य हुन जरूरी छ ।
एउटा सफल क्रान्तिको लागि मात्र असन्तोष प्रयाप्त छैन । त्यसको लागि आवश्यक हुन्छ, न्याय एवं राजनीति र समाजिक अधिकारमा गहिरो आस्था ।
ईतिहास साक्षी छ : नैतिकता र अर्थशास्त्र बिचको संघर्षमा जित सधै अर्थशास्त्रको हुन्छ । व्यक्तिगत स्वार्थ तबसम्म स्वैच्छिक त्याग हुँदैन जबसम्म प्रयाप्त शक्ति लगाइन्न ।
मानिस नश्वर हुन्छ । त्यसरी नै विचार पनि नश्वर हुन्छ । एउटा विचारलाई फुल्न प्रचारप्रसारको आवश्यकता हुन्छ । जसरी एउटा बोटविरुवालाई हुर्कनको लागि पानीको आवश्यकता हुन्छ ।
श्रीमानश्रीमतीको सम्बन्ध घनिष्ठ मित्रको जस्तै हुन जरूरी छ ।
समुन्द्रमा मिसिएर आफ्नो पहिचान गुमाउनु पानीको थोपा भन्दा ठीक विपरीत मान्छेले जुन समाजमा बस्छ, त्यहाँ आफ्नो पहिचान गुमाउन्न । मान्छेको जीवन स्वतन्त्र छ । मानिस समाजको विकासको लागि मात्र जन्मिएको होइन । स्वंयको विकासको लागि पनि जन्मिएको हो ।
हामीसँग स्वतन्त्रता यसको लागि छ कि हामी समाजिक व्यवस्था, असमानता, भेदभाव, र हाम्रो मौलिक अधिकारको सुधारको बारेमा बोल्न सकौँ ।
प्रतिक्रिया
-
४
