कैलाली – कैलालीको टीकापुर नगरपालिका र नेपाल बैंक लिमिटेड टीकापुरबीच एक सम्झौता भएको छ । नगरपालिकाका स्थायी कर्मचारीहरुका लागि बिना धितो कर्जा प्रवाहका लागि उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी र नेपाल बैंक टीकापुर शाखाका प्रमुख नरेन्द्रकुमार मिश्रले हस्ताक्षर गरे ।
नगरपालिकाका कर्मचारीहरुलाई बैंकले रु १५ लाखसम्मको बिना धितो कर्जा प्रवाह गर्ने भएको छ ।
तस्वीर : झलनाथ खनाल / रासस
प्रतिक्रिया
-
४
