काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालबालिकाको उपचारका लागि आधुनिक अस्पताल निर्माण गर्न काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाइ रु. चार करोड आर्थिक सहयोग गर्ने भएको छ ।

चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि कामपाले उक्त रकम सहयोग गर्ने भएको हो ।

बूढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि कामपाले रकम उपलब्ध गराउनेबारे आज प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान् कोइरालाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए।

चाइल्ड हेल्थका अध्यक्ष डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

“बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञलाई एउटै छानमुनि राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ”, डाक्टर कोइरालाले भने।

काठमाडौँमा २०० श्ययाको अस्पताल निर्माणको तयारी भएको भन्दै कामपाले गरेको आर्थिक सहयोगले अभियानका लागि कोशेढुङ्गा बनेको डा कोइरालाको भनाइ छ । कारोना महामारीको दास्रो लहरको समयमा पनि कामपाले विभिन्न अस्पताललाई आवश्यकपर्ने उपकरण सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर