–अरुणबहादुर खत्री ‘नदी’

राजनले अर्काको ट्रक चलाएर आफ्नो परिवारलाई पालेको थियो । आफ्नो छोराछोरीलाई सरकारी विद्यालयमा पढ्न पठाउथ्यो । ट्रक चलाएर दुःख गरिकन उसले घरमा रासनपानी किनेर ल्याउथ्यो । एकदिन वर्षायाममा ठूलो बाढी आउँदा उसले चलाएको ट्रकमा सामान बोकेर लैजादा ट्रक नै बाढीले बगायो र ट्रकभित्र बसेको खलासी र ऊ वेपत्ता हुन पुग्यो ।
ट्रक नदीमा बगेको तिन दिनपछि भेटियो तर ऊ र खलासी भने भेटिन सकेन । उसको घरमा श्रीमती र छोराछोरीलाई ठूलो चिन्ता पर्न गयो । चिन्ताले उसकी श्रीमती र छोराछोरी अब हामीलाई खाना खाने पैसा र लुगा लगाउने पैसा कहाँबाट कसरी ल्याउने होला भन्न थाले । श्रीमतीले दुःख गरेर अर्काको घरमा गएर कुचो बढारेर भाडा माझेर र लुगा धोएर छोरा छोरीलाई पढाउन थालीन् । यसरी उनीहरुको जीवन गुजारा भयो ।
***

प्रतिक्रिया

सम्बन्धित खवर