– निमा छिरिङ भोटिया

“म धागो हूँ।म जति सानो छु।उति ठूलो काम मैले गरेको छु। जुन कामले सभ्य मान्छेहरूको इज्जत र सम्मानलाई बचाएर राखेको छु”भन्दै सानो धागोको पोकोले लुगालाई भने।

“कुरा त तिम्रो सही आना ठीक हो।तर तिम्रो विश्वासलाई हिम्मत र तागत दिने चै हामी कपड़ाहरू पनि हौं नि __!यो कुरा त तिमीलाई पक्कै पनि थाहा हुनुपर्ने हो”भन्दै कपड़ा बोले।

“तिमीले जे भन्यौं यो पनि सही आना ठीक नै हो।तर तिमीहरूलाई टुक्रा टुक्रा जोडेर एउटा सुन्दर कुनै पनि आकार दिनुमा म सानो धागोको दह्रिलो विश्वासले तिमीहरूलाई कति आँट र साहस दिएको छ,के तिमीलाई थाहा छैन ___?”भन्दै धागोले आफ्नो कुरा पोखे।

धागोको यी सबै कुराहरू सुनेपछि कपडाले एकदमै मलिन भावमा बोले “यसरी नै तिमी हामी एकअर्काको आशा भरोसाले त आजसम्म मिलेर बसिरहेको छौ होइन __?”

“तिमीले भनेको कुरा पनि ठीकै हो।तर म यति कम्जोर भए पनि मेरो हिम्मत र भरोसा कति ठूलो रहेको छ भनेर तिमीहरूले पनि पक्कै चाल पायौं होइन ___?”भन्दै धागोले पनि कपडाको कुरामाथि आफ्नो गतिलो मन्तव्य पोखे।

***

प्रतिक्रिया

सम्बन्धित खवर