– सागर अन्तिम सागर

गजल १,
गन्तव्य बिहिन छ सफर मेरो
पुरा हुन सकेनन् रहर मेरो

मन लोभ्याउने तिम्रो जवानी हो
यहाँ दोषी थिएनन् नजर मेरो

कहिले काहीँ तिमी चासो राख्नु
बरु दुनियाँ नराखोस् खबर मेरो

कहाँ छाल हान्दैछ प्रेमको सागर
चञ्चल छन् प्यासी अधर मेरो

खैत मायाको भेल बाढी मैसाव
भएछ हालत सुख्खा बगर मेरो

गजल २
लाग्छ आगोको ज्वाला पिएर आए
सराब दुईचार प्याला पिएर आए

नशा तिम्रो मायाले चढेकोछ बर्थैमा
मैले सारा मधुशाला पिएर आए

आश्चर्य पर्थिन् साकीबाला म देखि
सम्पुर्ण जाडको घाला पिएर आए

केही समय खुशीको जाम सँगै
दु:खका हरेक घोटाला पिएर आए

***

प्रतिक्रिया

सम्बन्धित खवर