– टेकेन्द्रसिंह धामी

गजल १
उमेर ,थपिन्छ जवानी सकिन्छ , के गर्नु
‎समयले पनि यसरी घुमाई दिन्छ के गर्नु

‎दुनियाँ परिवर्तन चाहन्छ आधुनिक युगमा
‎मलाई पुरानै दुस्मन अझै पर्खिन्छ के गर्नु

‎यसै अभाव, उसै अभाव भएकै त छ नी,
‎गल्तीले सिद्धिन्छ, कर्मले भरिन्छ, के गर्नु

‎मै मात्र छु चोखो भन्नेले विचार गरे हुन्छ,
‎यस कारण घुनसँगै दाना पिसिन्छ, के गर्नु

‎मैले त सोचेँ – म जस्तो कोही छैन यहाँ,
‎तर म जस्तै अर्को पागल भेटिन्छ, के गर्नु।

गजल २
अर्कालाई  सिद्याउँछु भन्ने आफै सिद्धिन आँटे
‎अगाडिबाट प्रहारगर्न नसकी पछाडि उभिन आँटे

‎यदि दम छ भने अगाडि उभिएर देखाउनुस् नभैया
‎हैनभने पहिलाका साधु आज चोरझैँ देखिन आँटे

‎मेरो प्रगतिमा निक्कै डाहा गर्थो पहिला पहिला
‎आज कुन कुराको लोभले मलाई के दिन आँटे

‎मलाई कुनै कुराको लोभ  मोह छैन बुझे हुन्छ
‎सधैँ  मेरो  चिन्ता  गर्नेहरू  फेरि लखेटिन आँटे

‎सानो  कुरालाई  ठूलो  तिलको  पहाड बनाउने
‎आफन्त हुन धोकेवाजहरु आज बतासिन आँटे

***

प्रतिक्रिया

सम्बन्धित खवर