– वत्सराज कोइराला
थुप्रै दर्शक स्रोताले हल खचाखच थियो । गुरुजीले दह्रो प्रवचन दिए ।
-“सबै मोह माया हो । मानिसले भोगविलास त्याग्नुपर्छ । सबै मनुष्यमा सादा जीवन, उच्च विचार हुनुपर्छ !”
भक्तहरूले ताली बजाउँदै भने ।
-“गुरुजी, हजुरको जस्तो सादगी र सरलता त भगवानमा पनि थिएन होला !”
गुरु मुस्कुराए, अनि बोले ।
-“भगवान त अदृश्य हुनुहुन्छ । म भगवानको साक्षात् दूत हुँ; म सादगीको ब्राण्ड एम्बेसडर हुँ ।”
त्यसपछि गुरुजी आफ्नो चम्चमाउँदो ल्यान्डक्रुजरमा चढे, अनि फाइभ स्टार होटलतिर लागे ।
***
(नमस्ते आधुनिक लघुकथा मञ्चको संयोजनमा साताको लघुकथा )
प्रतिक्रिया
-
४
