– अरुण पौडेल
सुनीरहे क़ेहि हल्लाहरू
बजिरहे मनमा अशान्तिका धुनहरू,
देखे एकाबिहानै एक अखबारमा
ठुला अक्षरहरूको शिर्षक
“एउटा फूलको आत्महत्या”
प्रिय फूल ,
हत्या गरेपछि तिमीले सुवास
तिम्रै सुवासमा जीवन खोजिरहने हामी
कहाँ खोजौँ आफ्नो ढुकढुकी ।
मुनामदन र गोरेकुञ्जिनी
सुन्दै छु ह्लासा र मलाया गए,
उजाड देखिन्छ पूरा गाउँबस्ती
अडकीएकाँ छन पानी थोपाहरू,
र त बन्द भए भिराला ठाउँका
सधै जसो बगीरहने पानीका पँधेराहरू ।
प्रिय फूल,
यती उज्जायालो तिमीले
घरदेशबाट परदेशको यात्रा गर्नू
जोखिमको भारी उठाउनु हो,
एउटै चालमा अभ्यस्त गोडा र हातमा
नेल र हतकडी लगाउनू हो,
जान्दा जान्दै
रोज्यौ किन
डरलाग्दो र त्यो वीभत्स आत्महत्याको बाटो
आज बास्ना चलेन पारिजातका फूलहरु ,
ओइली रहयो घन्टी फूलहरु
र फुल्दै फुलेनन १२ बजे फूलहरु पनि ।।
मलाई लाग्छ तिम्रो बियोगमा
सम्पूर्ण बग़ैचाका फूलहरू शोकाकूल बनेका छन ।
कम्तीमा आत्महत्या गर्नु अघी
सम्झनु पर्थ्यो तिमीले
पृथ्बिलाई पृथ्बि ज़स्तो बनाऊने बग़ैचा ।
तिम्रो आगन ड़ूलीरहने
चन्चले भमराहरू ।
तिम्रो काखमा हाँस्न हतार गरी रहेका
ती कलिला तिम्रा सन्ततीहरू ।
बषौ देखी मिलनको पल पर्खीरहेका
नबयुगल जोडीहरू !
क़ेहि कसैको प्रवाह नगरी रोज्यौ तिमीले भिरालो बाटो
प्रिय फूल
तिमीले आत्महत्या गरेपछी आज बिहान फुल्ने फुल्हरु फुल्नै सकेनन् ।
हिजो बेलुका फुलेका फुलहरुले सुगन्ध छर्न सकेनन् ।
एउटा फूलको क्षतिपूर्ति अर्कों फूलहरूले कहाँ तिर्न सक्छ र ?
मलाई यस्तो लाग्यो,
तिम्रो त्यों असामहिक आत्महत्या पछी
बगैचाहरू अब बगैचाहरू रहेन,
फूलहरूको मरुभूमी असाध्यै कुरूप हुने रैछ ।।
यसर्थ,
ए नया फुल्दै गरेका र फुलिरहेका फुलहरु हो
अ ह आत्महत्या गर्दै नगर
अ ह आत्महत्या गर्दै नगर
तिमि बिनाको जमीन कुरूप हुदो रैछ !!!
***
प्रतिक्रिया
-
४
