– ईश्वर पोखरेल
सज्जन थियो ऊ । सबैले सज्जन मान्थे/भन्थे । राजनीतिमा लागेर पनि नबिग्रिएका मान्छेको चर्चा गर्दा केही वर्ष अघिसम्म मान्छेहरू उसलाई छुटाउँदैनथे ।
उसको पार्टी सत्तामा गएपछि भने ऊ एक निश्चित खेमामा देखियो । उसको खेमा कहिले कता देखियो कहिले कता । बर्खाको बाढीको मुल्काले मुढालाई घरि वारितिर घरि पारितिर हुत्याए जस्तै सत्ता राजनीतिमा हामी ऊ आफै बाढीको मुढामा रुपान्तरण भएको देख्थ्यौं । सरकारका मन्त्रीहरूले गरेका गलत कामको पनि प्रतिरक्षा गर्नुपर्ने भूमिकामा उसलाई देख्दा हामी चुक्चुकाउँथ्यौं पनि ।
भेटघाटमा हामीले भन्थ्यौ पनि– “दाइ, तपाई कुन दिशामा कता जाँदै हुनुहुन्छ; ख्याल गर्नुभएको छ ?“
ऊ हाँसी मात्र रहन्थ्यो ।
पार्टी सरकारमा गएपछि ककसले के जोडे ? के के पाए ? त्यसको हिसाबकिताब हुँदै गर्ला ।
ऊ मन्त्री भएन; लाभको अन्य पदमा पनि देखिएन ।
आफ्ना मान्छेलाई सत्तामा देख्न उसले आफ्नो इमेज गुमायो । गलत कामको प्रतिरक्षामा देखेपछि मानिसहरुले उसलाई सज्जन मान्न छाडे; राजनीतिमा गएर पनि नबिग्रिएको मान्छेमा उसको गणना हुन छाड्यो ।
***
प्रतिक्रिया
-
४
