– डा. दिव्य प्रियंवदा काफ्ले

१,
पाहुना बन्छ छोरा एक पल भेटेर जान्छ
साथमा बस्न खोज्ने दिल छ रेटेर जान्छ
जेठको घाम चर्को घाम झैँ तात्छ जीवन
लाग्छ प्यासी छ आफ्नो प्यास मेटेर जान्छ

२,
आफ्नो तुच्छ स्वरूपको पनि हुन्छ हृदयमा दर्प
तिमीलाई  देखेर सवार भएको यो फेरि कन्दर्प
यिनैको वशमा पर्दो रहेछ मन नचाहँदा नचाहँदै
दिन रात डसिरहेछन् यिनैले बनेर विषालु सर्प

३,
भनेको नमान्ने सहेलीहरू छन्
बुझ्दै नबुझ्ने पहेलीहरू छन्
उकालो चढे झैँ छ जीवन सबैको
पसौं बन्द मनका दहेलीहरू छन्

४,
एति धेरै माया गरेको देखेर मनैमन छक लाग्छ
तिमीसित भेट्न मन नभको होइन, धक लाग्छ
लागेको छ फेरि त्यो दिन दोहोरिएर आउला झैँ
भन्छन् भन्न त मायाले सबैथोकमा हक लाग्छ

५,
सधैँ सधैँ  उस्तै माया गर्ने अवसर पाइरहियोस्
तिमी प्रसन्न छौ भन्ने बराबर  खबर पाइरहियोस्
दिन के सकिन्छ र दुई थोपा आँसु पनि सुकेपछि
तर तिम्रो मुस्कान भरिएको एक नजर पाइरहियोस्

***

प्रतिक्रिया

सम्बन्धित खवर