साउथ कोरिया – ग्रिनसिटी ईलाम फुटबल क्लबले अङ्ग्रेजी नया वर्ष २०२३को अवसर पारेर आपतकालीन राहत कोश स्थापनार्थ सांस्कृतिक साँझ तथा डान्स पार्टी गर्ने भएको छ । साउथ कोरिया सुवनमा डिसेेम्बर ३१ तारिख शनिबार रातभर उक्त कार्यक्रम हुने भएको हो ।

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियामा आबद्ध क्षेत्रीय संस्था इलामेली समाज दक्षिण कोरियाको खेलकुद विभाग अन्तर्गत रहेको ग्रिन सिटी ईलाम फुटबल क्लबले आपतकालिन कोश निर्माण गरि कोरिया र नेपालमा समेत आपतकालीन अपठ्याराहरूमा सहयोग हुने विश्वासका साथ यस कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा कोरियामा रहेका स्थानिय गायक गायिका र डिजेको बिसेष उपस्थिती रहने छ । यस कार्यक्रमलाई सफल पार्न विभिन्न समितिहरू गठन गरी काम तिब्र रुपमा भैरहेको छ । आईतबार एक कार्यक्रम गरि कार्यक्रमको बारेमा जानकारी गराउनुको साथै कार्यक्रमको ब्यानर पनि सार्वजानिक गरिएको छ ।

चिसो चिसो मौसमा स्थानिय नेपाली गायक गायिका तथा डिजेको बेजोड प्रस्तुतीसहितको कार्यक्रममा ज्यान तताउन आयोजकले सम्पूर्णमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

यस संस्थाले कोरियामा बिभिन्न समयमा आयोजना गरिएको खेलहरू खेल्दै ३ वटा खेल जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर