✍️ निर्मल आग्रह

 

ग्रीष्मको घामदेखि सबभन्दा बढी आकुल मान्छे नै रह्यो ,
अत्याधिक ताप झेल्नु नसकेपछि उसले पहिले छायाँ खोज्यो
आफुलाई शीतल पार्यो

फेरि त्यहि छायाँको जरो उखेली घुर्कायो ।

हिउँदको सबभन्दा ब्यग्र मान्छे नै रह्यो
चिसोमा लुगलुग कॉम्न पीडादायक बनेपछि
उस्ले पहिले आगो खोज्यो र आफुलाई न्यानो पार्न भनि
सबै जलाएर सखाप पारयो
जुन जन्तुहरूको आलिङ्गनमा रात बिताए
विहान तिनैको छाला काटेर पहिरन बनाए ।

हरेक मौसमहरूदेखि उद्विग्न मानिस नै रहे ।
हरेक कुराहरू जो उस्का नियन्त्रणमा थिए सबै सखाप पारे ।
पानी माथि नियन्त्रण रहेन तिनलाई नकारे
बाँध निर्माण गरे नदीको धार मोडिदिए
ठूल्ठूला खाल्डाहरू खनेर तिनमा सिमेन्ट भर्ने पनि यी नै मान्छे थिए
मनुष्यत्वलाई धूलो पिठो पार्ने पनि यी नै मान्छे थिए ।

मानिसले सधै मानिसै बन्न सिक्यो
न रुख बन्न सिक्यो कहिले
न नदी बन्न सिक्यो कहिले
न मौसम बन्न सिक्यो कहिले
न त पशु बन्न सिक्यो कहिले ।।

मानिसले अमानुष बन्न मात्र सिक्यो ।।

प्रतिक्रिया

सम्बन्धित खवर