✍️ विक्रम पवन परियार
गजल – एक
किन जूनले जूनकै दर्जामा राख्दा गुनासो गर्दैन
म घाइते नसोधी आँखामा राख्दा गुनासो गर्दैन
म यारहरूको शुद्ध पाठशाला हुँ भर्ना खुल्ला छ
भन्छ जुत्ता हुँ खुट्टा जुत्तामा राख्यो गुनासो गर्दैन
म हारेको प्रेमी हुँ हारमै त जिन्दगी भेटाएको छु
जिन्दगी घाइते हत्केलामा राख्दा गुनासो गर्दैन
सायद हुन सक्छ मेरो धैर्यताले जेलेको हुनुपर्छ
गर्दन छिनालेर बदलामा राख्दा गुनासो गर्दैन
ऊ चित्रकार हो देशले नचिनेको मर्म नबुझेको
खुसी खोसेर पनि ऐनामा राख्दा गुनासो गर्दैन
गजल – दुई
कसैलाई भलो र कसैलाई कुभलो चिताउनु हुँदैन
नेता भन्दैमा पनि त भ्रष्टाचारीलाई जिताउनु हुँदैन
यो पूरानो दुश्मन हो कसैको लागि प्रिय हुन सक्छ
हेर्ने पो हो टाढै बसेर दुश्मनको कुरा लगाउनु हुँदैन
यी अपराधी हुन् हातमा बन्दुक पनि त हुन सक्छ
गल्ती पो नगर्ने हो हामीले दुश्मनी बढाउनु हुँदैन
अगेनोमा दाउरा नठोसी आगो बल्दैन यत्ति बुझौँ
बरू खुसी बाँड्ने हो कसैको चित्त दुखाउनु हुँदैन
काम लाग्दैन भनेर फालेको ढुङ्गा पनि काम लाग्छ
घर बन्नलाई पनि ढुङ्गा माटोको सम्बन्ध छुटाउनु हुँदैन
प्रतिक्रिया
-
४
