विक्रमपवन परियार

तामाकाेशीकाे काखमा छ मन्थली र मन्थलीकाे डाँडापाखा सुख्खा छन् । राताे माटाे । खङ्ग्रङ्ग सुकेका बेल र खयरका रूखहरू जताततै पहिराेले तास्सिएकाे पाखाे । बालुवा र कमेराे माटाे मिसिएकाे लेदाे पानीसँगै बगाइ लैजाने सुकाजाेर खालाकाे किनाराभन्दा थाेरैमाथि मन्थली मा.वि. छ । जहाँ सहायक प्रधानध्यापककाे जिम्मेवारी सम्हाल्दै कलिला अक्षरका बेर्नाहरू राेपेर असल विद्यार्थी उमार्दै र तिनै अक्षरका बेर्नाहरूबाट असङ्ख्य कविताहरू उमार्दै याैटा असल शिक्षक र चर्चित साहित्यकारकाे परिचय बनाउनु भएकाे र बाैद्धिक व्यक्तित्व बनाइरहनु भएकाे एक बलशाली साहित्यकार हुनुहुन्थ्याे पेशल आचार्य । साहित्यमा नयाँपन कसरी दिन सकिन्छ ? भन्ने कुरामै बाँचुन्जेल खाेज र प्रयाेग गरिरहनुहुन्थ्याे । साहित्यकाे माध्यमबाट देश र समाजकाे लागि केही गर्ने अठाेट राख्दा राख्दै अचानक रामेछापका युवा स्रष्टाहरूले साहित्यिक अभिभावक गुमाउनु पर्याे । सुनसान छ मन्थली बजार । मन्थली मा.वि. शाेकमा छ यतिबेला । नुन नखाएकाे कुखुराझैँ झाेक्राइरहेका छन् । बचेराहरू । बिहान १० बजे सधैँ विद्यालयकाे प्राङ्गणमा मुस्कुराइरहने त्याे लालित्य सहितकाे मुस्कान देखिँदैन । ब्ल्याक बाेर्ड हेर्छन् विद्यार्थीहरू तर देखिँदैन पेशल सरकाे तस्विर अगाडि । देखिँद‌न पेशल सरकाे मसिना अक्षरहरू ब्ल्याक बाेर्डमा । कानमा गुञ्जीरहन्छ आवाज तर देखिँदैन प्रत्यक्ष पेशल सरकाे पूर्णकदकाे शरीर । कपाल थाेरै फुलेकाे चट्ट दाह्री काटेकाे चम्किलाे अनुहार नदेखेकाे पनि बर्षाैँ भइसकेकाे जस्ताे लाग्छ । तर याे घटना भर्खरकै हाे । स्कुलदेखि देवकाेटा चाेकसम्म गलामा ता‌ली शिरमा क्यापटाेपी, खल्तीमा दुइचारवटा पाइलट पेन, आँखामा पावरदार चस्मा, पाउँमा कहिले चप्पल र जुत्ता, ज्वारी काेट माैसम अनुसारकाे लुवाइखुवाई । हिमाल हाँसेकाे जस्ताे उज्यालाे मुस्कान लिएर पत्रिका पसलहरूमा पत्रिका किन्दै गरेकाे र पत्रिका पढ्दै गरेकाे अब देखिँदैन ।

यतिबेला पत्रिका पसल सुनसान छ । चिया दाेकानहरू पनि सुनसान छ । हाटेचाैर पनि उस्तै सुनसान छ । कटरबाेट उस्तै सुनसान छ । यस्तै – यस्तै सुनसान बनाएर भर्खर घाम अस्ताएर गयाे । दुखित डाक्टरले पनि बचाएर पठाउन सकेन रामेछापमा । म साेचिरहेछु घामकाे मस्तिष्ककाे शक्तिलाई ढाल्दाे रहेछ ब्रेनट्युमरकाे शक्तिले । कसैकाे केही लागेन । बचाउन चाहना हुँदाहुँदै पनि बचाउन नसकिँदा पीरले पनि भतभती पाेल्दाे रहेछ आफैँलाई । म पीरमा छु । चिन्तामा छु र दुःखी छु । सहयात्राका सपनाहरू थिए । भेटेर छलफल गर्नु थियाे । सुखदुःखका भाेगाइहरू आ-आफ्नै भएपनि एकआपसमा आदनप्रदान गर्नु थियाे । यी सब रहर, इच्छाहरू छुटेर गए । सम्झनाहरू छन् । यादहरू छन् । चढ्न बाँकी खुड्किलाहरू छन् । हिँड्नुपर्ने थुप्रै बाटाेहरू बाँकी छन् । याैटा बच्चालाई बाआमाकाे अभाव भएजस्तै साहित्यमा पनि अब रामेछापका युवा स्रष्टाहरूका लागि याैटा असल साहित्यिक अभिभावककाे अभाव खड्किरहने भयाे ।

 

२०६५ सालकाे अन्त्यतिरकाे फाल्गुन महिना थियाे म नेपाली सेनाकाे जागिरकाे शिलशिलामा रामेछाप सुरुवा भएर गएँ । मेराे जन्मभूमि रामेछाप जिल्लाकाे बेथानमा भएपनि म रामेछाप जम्माजम्मी २ चाेटी मात्रै पुगेकाे थिएँ । रामेछाप घर भएर पनि मलाई रामेछापकाे साहित्य गतिविधि त्यति थाहा थिएन । रामेछापमा मेराे अफिस भएपछि साथी सर्कलसँग चिनजान हुँदै गयाे । मलाई लाग्थ्याे रामेछापमा साहित्यकार जगदीश घिमिरे मात्रै हुन् । तर म भ्रममा रहेछ । मलाई साहित्यमा डाेर्याउइदिनलाई याैटा भरपर्दाे साहित्यिक अभिभावक खाेजिरहेकाे थिएँ । साहित्यकार जगदीश घिमिरे हामी युवासँग त्यति नजिक हुनै नचाहने स्वभावले हाेला मलाई उहाँ त्यति खास लागेन तर जगदीश घिमिरेकाे साहित्यलाई खुब मन पराउथेँ । एकदिन (महिना बिर्सेँ) जगदीश घिमिरे प्रतिष्ठानले गरेकाे बृहत् साहित्य कार्यक्रम रहेछ । मैले कताकताबाट थाहा पाएँ । म साहित्य कार्यक्रम भनेसी हुरुक्कै हुन्थेँ । कार्यक्रम गएँ । थुप्रै अग्रजहरूकाे आगमनले कार्यक्रम भव्य भएकाे लाग्थ्याे । म सिक्दै गरेकाे मान्छे । त्याे पनि सैनिक जीवन र साहित्य एकदम अलग पाटाे थियाे । त्यहि कार्यक्रम चिनेकाे हुँ साहित्यकार पेशल आचार्य गुरुलाई । एकदम मिजासिलाे हामी भाइ पुस्तालाई असाध्यै माया गर्ने । सरल स्वभाव सरल आचरण । मायालुभाव प्रकट गर्ने । मृदुभाषी साहित्यकारण हुनुहुन्थ्याे । त्यसपछिका चरणहरूमा म उहाँसँग धेरै उठबस गर्न थालेँ । नजानेका कुराहरू उहाँबाट सिक्ने माैका पनि पाएँ । उहाँकै हातबाट बानेश्वर सर्जक सम्मान पत्र पनि ग्रहण गरेँ ।

रामेछापमा बसेर शिक्षण पेसासँगै साहित्यलाई राेप्नु भयाे रामेछापकाे उजाड पहाडहरूमा र कलिला अक्षरहरूलाई बरपिपलकाे जराजस्तै गरि फैलाउँदै जानू भयाे । उहाँ कम बाेल्नु हुन्थ्याे । जब बाेल्नु हुन्छ तब उहाँ सबैका आँखामा बस्नु हुन्थ्याे । उहाँले धेरै विधामा कलम चलाउनु भयाे । सबै विधामा अब्बल रहनु भयाे । मेराे करिब ४ बर्षकाे बसाईँमा उहाँसँग धेरै पटक भेटेर साहित्य छलफल गरेकाे छु । मलाई लाग्छ रामेछापबाट युवा कवि साहित्यकार जन्माउनुमा सबैभन्दा बढी हात उहाँकै छ भन्दा फरक नपर्ला । उहाँकै शिक्षाबाट र उहाँकै प्रेरणाबाट कवि नवीन गाउँले, कल्पना तामाङ, रविन्द्र दाहाल र म लगायत धेरै स्रष्टाहरूकाे उदय भएकाे याे सत्य हाे । रामेछापबाट सरुवाभएर अन्यत्र जाँदा पनि फाेन म्यासेजबाट उहाँले सधैँ सम्झाउनु हुन्थ्याे । उहाँले कहिल्यै आफुलाई म अग्रज हुँ । म जान्ने हुँ । मैले मान सम्मान पाउनुपर्छ कहिल्यै भन्नु भएन । उहाँलाई कसले के भन्याे भन्ने खालकाे कुराले कहिल्यै असर पनि गरेन । छाेटाे बसाइमै नजिक हुन सक्ने र विश्वास लागेकाे कवि साहित्यकारलाई र सम्भावना बाेकेकाे स्रष्टाहरूलाई हाैसला दिएर अगाडि बढाउन प्रेरित गर्ने उनै आदरणीय प्रिय साहित्यकार पेशल आचार्यकाे देहावसानकाे खबरले ममात्रै हैन । सिङ्गाे रामेछाप शाेकमा भएकाे महसुस गरेकाे छु । साहित्यकार पेशल आचार्य गुरुसँग अझै केही सिक्नु थियाे । उहाँसँगै यात्रा गर्नु थियाे । तर अधुरै रह्याे । दैव पनि कति निठुरी छ । कुनै संकेत नदिइकन चुडाल्दियाे सासकाे डाेरी । जिन्दगी भन्नू आखिर के रहेछ ? बाँच्छु र साहित्यमा केही गर्छु भन्दाभन्दै कतिखेर मरिजानु पर्छ पत्तै नहुने । जिउँदाे शरीर लिएर अस्पताल जान्छाैँ तर फर्कँदा लास बनेर फर्कन्छाैँ । यस्तै रहेछ जिन्दगी भन्नू पनि जसकाे आयु न छाेटाे न लामाे न दीर्घ जीवन । आखिर मरेर लानु भनेकाे आफ्नै शरीर रहेछ ।

आदरणीय प्रिय साहित्यकार पेशल आचार्य गुरुले पनि आफ्नै शरीर मात्रै लिएर जानू भयाे । आफैले सर्जना गरेकाे कविता, कथा, निबन्ध, हाइकु लगायत अन्य काव्य विधा सबै सबै छाेडेर जानू भयाे । यिन सिर्जना हुन् जसले तपाईंलाई याे पृथ्वी रहुन्जेल बचाईँ राख्छ । तपाईंको रचनालाई जगेर्ना गर्ने जिम्मा पनि अब हाम्राे हाे । तपाईं जहाँ रहनु भएकाे छ खुसी रहनुहाेस् । तपाईं प्रति हार्दिक श्रद्धासुमन पेशल सर !

(रामेछापमा बसेर शिक्षा र साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने पेशल आचार्यको ब्रेनट्यूमरका कारण गतहप्ता मात्रै अल्पायूमा निधन भएको थियो । उहाँमा सेतेमाटो परिवार हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।)

 

प्रतिक्रिया

सम्बन्धित खवर