आँगन
✍️ सागर भण्डारी ‘विभोर’
गुनासो धेरै रहन्छ परदेशी सङ्ग परिवारसँग
यस्तै छ जीवन, चित्त बुझाउछु खाली निधारसँग
आशीर्वाद छ माया छ विश्वास र आशा पनी रहन्छ
सङ्गै म नभए पनी, रमाउनु दशै तिहारसँग
तिम्रा मौन अधरका सवाल सङ्ग निरुत्तरित छु
निर्मम भएर हिसाब माग्छ लाखले हजारसँग
गन्तव्यको टुङ्गो नभए पनी हिड्नै पर्नेछ मान्छेले
कस्तो विवशता ! नदिको सम्झौता दुई किनारसँग
प्रतिक्रिया
-
४
