✍️ सागर भण्डारी ‘विभोर’

सर्वहाराहरूको छातिलाई
कुरुक्षेत्र बनाएर
लाखौं आमाहरूको मुटु रेटेर
समानताको नारामा
देश कब्जा गरेको थियो

अफसोस आज सम्म
असमानताको खाडलमा
देश झन् झन् भासिदै छ
यो दलदलमा भासिएका
पाइलाहरूले फेरी
विकल्प खोज्दै छन्

यही हो मौका भनेर
तिनै तानाशाहीहरू
फेरी पनि
अनेक रूप रङ्गका साथ
अनेक नाराका साथ
अनेक प्रलोभनका साथ
आउदै छन्
बल्छी थाप्न,
हाम्रो टाउकोमा टेक्न,
यद्यपि हामी माथि
क्रुर शासन गर्न !

विचार गरौँ
यही प्रक्रियाले
त्यही खाडलमा
हामी अझै दबीदै जानेछौं !

खै कुन ब्यवस्थाले
यो दर्दनाक अवस्थाको
परिवर्तन गर्ला ?

प्रतिक्रिया

सम्बन्धित खवर