✍️ अञ्जु स्मारिका

व्यबहारको बोझले थिचिएका
तिम्रा पैतलाका डोबहरू,
आमाको गहना
बच्चा बच्चिको खेलौना
नातेदारहरुको खानपान,
समाजको रहनसहन,
दिदिबहिनिको नासो
दाजुभाईको सर सहयोग,
अनि
भैपरी आउने खर्चसम्म ठोकिन्छन् !

कसरी कसरी बा हौ तिमी
ईश्वरको उपमा हौ तिमी !
तिम्रा निजि रहरहरू रहर नहुदा रहेछन बा !
आमाले घुर्कि लगाउने ठाउँ हौ
हाम्रो दायित्व निर्वाहकर्ता हौ
हजुरबा – हजुरआमाको लौरी हौ

कसरी कसरी सर्वोश्व देखिन्छौ तिमी
ईश्वरको उपमा हौ तिमी ,
चुलो बल्नुसङ तिम्रो पसिना जोडिन्छ !
घरका हर कुनामा तिम्रो पौरख पोखिन्छ
कसरी कसरी बा हौ तिमी
कसरी कसरी
ईश्वरको उपमा हौ तिमी !

प्रतिक्रिया

सम्बन्धित खवर