✍️ अञ्जु स्मारिका
गजल – १
लखपती बनाईदियो र लगत्तै करोडपती बनाईदियो
तिमि नसोध मलाई दुखको आयतन कति बनाईदियो
शौभाग्य को यस्तो कुटनैतिक खेल बुझिन मैलेपनी
मलाइ न्यायमुर्तिले भरष्टाचारी को श्रीमती बनाईदियो
मौनताका झ्यालढोका बन्द नै राखेको भेटियो अझै
उसलाई उसकै मौनताले दर्दिलो दुर्गती बनाईदियो
हार सहेर युद्धमा मैले सेतो झण्डा स्विकार गरेकै हो
त्यही हारले मलाइ माहुरी जस्तै मेहनती बनाईदियो
पुजामा थियो इस्वर र सत्य र न्याय को कबुल थियो
कसरी होमिउ अग्निमा यादहरुको आरती बनाईदियो
गजल – २
अति गर्नु तर कहिल्यै अत्याचार नगर्नु
मान्छे भएर पशुको व्यवहार नगर्नु
एक मुठ्ठी सास रहुन्जेल न हो तेरोमेरो
बाचुन्जेल अरुकै मात्र केरकार नगर्नु
फरक गल्ती हरु गर्नु सिक्नका लागि
तर उहीँ गल्ती तिमी बार बार नगर्नु
आशुको श्राप ले नपाउने दुख पाईन्छ
ईमान्दार माथी भुलेर नि गद्दार नगर्नु
मातेर टाउकामानै टेक्ने छुट दिएर
कसैलाईपनि शुद्ध माया अपार नगर्नु
प्रतिक्रिया
-
४