समसामयिक वस्तुगत प्रश्नोतर
· गणेशमान सिंह स्मृति राष्ट्रिय वक्सिङ् प्रतियोगितामा टिम च्यापियनसिपको ट्रफि कसले जित्यो?
— आर्मी क्लब (उत्कृष्ट बक्सरद्बय ईन्द्र सुनार र सरस्वती राना)
· सफा हिमाल अभियान, २०२२ ले कतिवटा हिमाल सफा गर्ने भएको छ?
— ४ वटा ( सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु)
· आठौँ महिला युवा उद्यमी सम्मेलन, २०२२ को नारा के हो?
— वियोन्ड ब्यारियर
· स्टुटगार्ट ओपन टेनिस प्रतियोगिता कसले जित्यो?
— पोल्यान्डकी इगा स्विटेक (उनले बेलारूसकी आर्यना सबालेन्कालाई ६-२,६-२ ले पराजित गरेकी)
· फ्रान्सको राष्ट्रपितमा पुनः बिजयी हुने इमानुएल म्याक्रों कहिले र कति प्रतिशत मत लेराएर बिजय हुनुभयो?
— अप्रिल २६, २०२२, ५८.५५ प्रतिशत ( उनका प्रतिस्पर्धी ले पेनले ४१.४५ प्रतिशत मत प्राप्त गर्नुभएको)
· युरोपियन स्पेस एजेन्सीमा कति राष्ट्र रहेको छ?
— २२ राष्ट्र ( स्थापनाः १९७५ मे ३०, स्थापना कालको राष्ट्रहरूः १० वटा राष्ट्र, हेडक्वार्टरः पेरिस फ्रान्स, डाईरेक्टर जनरलः जोसेफ एसव्याचर हुन)
· Artemis Accords को लागि विभिन्न देशबीच कहिले सम्झौता भएको हो?
— १३ अक्टोबर, २०२० ( १९ वटा राष्ट्रबीच सम्झौता, नागरिक अन्वेषण चन्द्र, मार्स लगायको ग्रहको लागि)
· एशिया प्यासिफिक स्पेस कोअपरेशन अर्गनाईजेशनको सदस्य संख्या कति छन?
— ९ वटा ( प्रतिनिधि राष्ट्रहरू अर्जेन्टिना, मलेशिया, फिलिपिन्स, रसिया र श्रीलंका गरी ५ वटा छन, सन् २००५ बेईजिङ्गमा अधिवेशन गरी हस्ताक्षर भएको)
· ‘रन्को’ कृतिका लेखक को हुन?
— राजन केसी
· नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार—२०७८ बाट संगीत तथा नाट्य क्षेत्रका ६ कलाकर्मी पुरस्कृत भएका छन । संगीत विधामा— मोहनकृष्ण कार्की ढली, लोकसंगीत विधामा— अमर विरही गुरूङ्ग, शास्त्रीय तथा परम्परागत संगीत विधामा— जलतरंग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा— नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा— मनबहादुर मुखिया, रंगमञ्च विधामा— ऋद्धिचरण श्रेष्ठ)
· हवीट्ली फन्ड फर नेचर अवार्ड प्राप्त गर्ने व्यक्ति को हुन?
— सोनाम टासी लामा ( ४० हजार पाउण्ड)
· एचआर एक्सिलेन्स अवार्ड, २०२२ प्राप्त गर्ने बैंक कुन हो?
— नबिल बैंक
· भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान, २०७८ कसले प्राप्त गरेका छन्?
— गायिका तीर्थकुमारी र वरिष्ठ संगीतकार शुभबहादुर सुनाम
· द अर्डर अप द राईजिङ सन सम्मान कसले प्राप्त गर्नु हुने भएको छ?
— केदारभक्त माथेमा
· पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ को नारा के हो?
— गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार
***
संकलन – सन्तोष पौडेल
प्रतिक्रिया
-
४
