
कीभ – यूक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच मङ्गलबार पुनः शान्ति वार्ता सुरू भएको छ ।
स्थानीय सञ्चारमाध्यम ‘यूक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू भएको खबर उल्लेख गरेको हो ।
“वार्ता सुरू भइसकेको छ,” थप विवरण नदिइकन अराखामियाले भने ।
यूक्रेनी र रूसी प्रतिनिधिमण्डलहरूले सोमबार भिडियो लिङ्क मार्फत् आफ्नो छलफलको चौथो चरण सुरु गरेका उनले बताए ।
प्रतिनिधिमण्डलका सदस्य पनि रहेका यूक्रेनी राष्ट्रपति सल्लाहकार माइखाइलो पोडोल्याकले भने, “दुवै पक्षले ‘काम गर्ने उपसमूह’ निर्माण गर्न र थप परिभाषाको स्पष्टीकरण का लागि मंगलबारसम्म वार्तालाई प्राविधिक रूपमा रोकिएको हो । वार्ताले निरन्तरता पाउनेछ ।”
प्रतिक्रिया
-
४