सउल – कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ । दक्षिण कोरियाली बजारमा मेदेखि जुलाईसम्म आयातित सामानको मूल्य बढेको पाइएको हो ।

बैंक अफ कोरिया (बीओके)को शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार जुलाईमा आयात मूल्य सूचकाङ्क ११९।७३ थियो र यो अघिल्लो महिनाको तुलनामा ३.३ प्रतिशतको वृद्धि हो ।

कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मेदेखि लगातार आयात भएका विदेशी सामानमा पनि मूल्य वृद्धि देखिएको हो । एक वर्षको अवधिमा गत महिना यो सूचकाङ्क १९.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा देखिएको छ ।

गत महिना खानी उत्पादनको मूल्य ४.८ प्रतिशतले बढेको छ । दक्षिण कोरियामा कोइला र तेल उत्पादनको आयात मूल्यमा पनि जुलाईमा ८.१ प्रतिशतको वृद्धि भएको छ ।

दक्षिण कोरियाको ‘बेन्चमार्क, दुबई क्रुड’ लाई मासिक आधारमा हेर्दा जुलाईमा १.९ प्रतिशतले वृद्धि भएको छ ।

गतमहिना कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उपकरणहरूको आयात मूल्य ३.४ प्रतिशतले वृद्धि भएको छ । विद्युतीय उपकरण तथा रासायनिक उत्पादनको आयात मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।

निर्यात मूल्य सूचकाङ्क जुलाईमा १११.१९ पुगेको छ र यो एक महिना पहिलेको भन्दा ३।५ प्रतिशतको वृद्धि हो । आयात मूल्यमा गत वर्षको नोभेम्बरदेखि अपवादमा एक दुई महिनाबाहेक लगातार आठौं महिनासम्म वृद्धि देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर