लिमा – गरिब परिवारमा जन्मेका पेद्रो कास्टियाले पेरूको राष्ट्रपतिकारूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका थिए ।

२५ बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट नै निर्बाचित हुने जनमत प्राप्त भएको देखिएको छ । उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ ।

उनले चुनावी -यालीहरूमा एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन् भन्ने खालका गरिब र पिछडिएको समाजलाई प्रतिनिधित्व गर्ने सन्देशहरू प्रवाह गरिएको थियो ।

त्यसले सङ्घर्षशील पेरुवासीलाई उनले निर्बाचनमा सहयोगका लागि गरेको अपिलमा गरिब समुदायले साथ दिएको देखिएको छ । कास्टियोले आफूलाई सर्वसाधारण नागरिकको रूपमा प्रस्तुत गर्ने गर्छन् । कास्टियो काजामार्कामा क्षेत्रको परम्परागत सेतो ह्याटविना विरलै देखिन्छन् ।

उनले पेरूमा बहुसङ्ख्यक नागरिकको हित अनुकूल शासन नगरिएको दाबी गर्दै निर्बाचनमा पनि गरिबी तथा असमानतालाई सम्बोधन गर्न ‘बृहत् परिवर्तन’का लागि आह्वान गरेका छन् ।

कास्टियोका विरोधीहरूले राष्ट्रपति निर्बाचित कास्टियोलाई पेरूकोे ग्रामिण क्षेत्रको ठूलो खण्डमा लोकप्रिय कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका कट्टर वामपन्थीको रूपमा देखाउने कोसिस गरेका थिए ।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए । उनले प्राथमिक विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका थिए ।

कास्टियोले सन् २००२ देखि शिक्षणसँगै आफ्नो राजनीतिक यात्रा पनि सुरु गरेका थिए । सन् २०१७ मा भएको शिक्षक आन्दोलनबाट ख्याति कमाउनुपहिले उनले सन् २००० हजारको पहिलो दशकमा मेयरमा उठेर पराजित भएका थिए ।

सहरी क्षेत्रमा खासै नचिनिएका कास्टियाले राष्ट्रपतीय निर्वाचनमा १७ उम्मेद्वारलाई दौडबाट बाहिर पार्दै निर्बाचित भएका थिए । पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भएका कास्टियोको निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मत रहेको निर्वाचन आयोगले पुष्टि गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दिएको प्रतिक्रियामा उनले भने, “अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएको छ ।”

भ्रष्ट्राचारका कैयौँ विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउन कास्टियो सफल भएका छन् । उनलाई संयुक्त राज्य अमेरिकाको समर्थन लिएर अघि बढ्न निकै कठिन मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर