जेठ, काठमाडौं रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको

रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो

यसअघि अमेरिकाले रुसका कम्पनी व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाईप्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्

रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु छन् यसैगरी रुसले अमेरिकी पत्रकारहरुलाई पनि प्रतिबन्धलगाएको प्रतिबन्धमा पर्नेमा सीएनएनका एंकर एरिन बर्नेट, एमएसएनबीसीका प्रस्तोता राहेल मादावो, स्कारबोरो लगायत छन्

रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले उनीहरुलाई कालोसूचीमा राखेर रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी अधिकारीहरुले बताएकाछन्

प्रतिक्रिया

सम्बन्धित खवर