कोलम्बो – उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।
श्रीलङ्काले गत वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ ९९० करोड अमेरिकी डलर० आम्दानी गरेको रबर विकास विभागले शनिबार जनाएको छ ।
विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनु भएको छ । दक्षिण एसियाली मुलुकले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पु¥याउने लक्ष्य राखेको उनले बताए ।
श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार संयुक्त राज्य अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् ।
श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो र सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया
-
४