मस्को – रूसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

बेलायती अधिकारीहरूले रूस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले उनीहरूलाई प्रतिबन्ध लगाउनु परेको रूसी अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आइरहेको छ । त्यसैगरी रूस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।

युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रूसी कुटनीतिज्ञहरूलाई आफ्नो देशबाट निकाला गरेका छन् ।

धेरै देशहरूले क्रमशः रूसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

रूसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्रीसहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर