काठमाण्डौ – गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा आधारित यो गीतमा चर्चित संगीतकार डी.आर. अटुको संगीत रहेको छ भने डा. सुमाया राईको शब्द रहेको छ ।
राजु कार्कीको एरेन्ज रहेको यस गीतमा राजेशपायल र सुनिता थेगिमको अभिनय रहेको छ । गीतलाई आशिक जगेवूले छायाङ्कन गरेका हुन् ।
गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन गरिएको छ । शबेद संगीता अभिनय लगायत गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक संस्कृति जर्गेना गर्न माया हजुर गीतले थप टेवा पुर्याउनेमा आफु आशावादी रहेको संगीतकार डि आर अटुले बताए ।
फरक किसिमबाट गीतमा मौलिक पनको आभास दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए । आम दर्शकको भावना अनुरुप नै अडियो तथा भिडियो निमार्ण गरिएको निमार्ण पक्षले बताएको छ ।
‘माया हजुर २ ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
प्रतिक्रिया
-
४