काठमाडौँ एसीसी यू१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भारतसँग नेपालले खेल्ने छ। खेल युएईको दुबईस्थितआईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार, बिहान ११ः१५ बजे सुरु हुनेछ

आईसीसी एकेडेमीको अर्को मैदानमा सोही समयमा पाकिस्तान अफगानिस्तानबिच खेल हुनेछ समूहगत चरणको अघिल्ला दुवैखेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रूपमा मात्र बाँकी

नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो दोस्रो खेलमा भने नेपाललाईअफगानिस्तानले ७३ रनले हराएको थियो लगातार दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको पाकिस्तान लगभग प्रतियोगिताकोसेमिफाइनलमा पुगिसकेको

समूहमा रहेका चारवटै टोलीले दुईदुई खेलिसक्दा पाकिस्तान चार अङ्कसहित पहिलो, भारत दुई अङ्कसहित दोस्रो, अफगानिस्तान दुई अङ्कसहित तेस्रो नेपाल शून्य अङ्कसहित चौथो स्थानमा छन् नेट रन रेट भने पाकिस्तानको .५६३, भारतको.४५४, अफगानिस्तानको .२०३ नेपालको.०२४ रहेको

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले भारतलाई निकै ठुलोअन्तरले हराउनु पर्ने हुन्छ त्यसपछि अर्को खेलमा पाकिस्तानलेअफगानिस्तानलाई ठुलोअन्तरले पराजित गर्नुपर्ने हुन्छ मङ्गलवारको खेलसँगै समूहबाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुङ्गोलाग्नेछ

समूहमा हालसम्म पाकिस्तानले मात्र दुवै खेल जितेको पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तानले आफ्नो दोस्रो खेलमाचिर प्रतिद्वन्द्वी भारतलाई आठ विकेटले पराजित गरेको थियो भारतले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटलेपराजित गरेको थियो

जारी यू१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू१९ विश्वकप क्रिकेटकोतयारीका रूपमा लिइएको यू१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी तारिखसम्म दक्षिण अफ्रिकामा आयोजनाहुँदै

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू१९ प्रिमियर कपको उपाधि जित्दै यू१९ एसिया कपमा स्थान बनाएको थियो एसीसीयू१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई तेस्रो स्थानमा रहेको जापान पनि यू१९ एसिया कपमा छनोट भएका थिए

यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू१९ विश्वकपमा स्थान पक्का गरेको थियो यू१९ विश्वकपमा भनेनेपाल समूहडीमा परेको नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान न्युजिल्यान्ड रहेका छन्  

प्रतिक्रिया

सम्बन्धित खवर